sports

Click here to edit subtitle

A popular website From where you can get News of Nepali cricket !!!! . More info @ join FB . www.facebook.com/cricket9595

Nepali cricket team |NCT | - The great Team of world 

नेपाली क्रिकेट टिमको अपमान गरेको छैन : सीपी गजुरेल

२०७० चैत ९ गते १७:१२ मा प्रकाशित
303 21 0

९ चैत, काठमाडौ । नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले आफूले नेपाली क्रिकेट टिमको अपमान हुनेगरी कुनै अभिव्यक्ति नदिएको बताएका छन् । गजुरेलले आइतबार विज्ञप्ती निकाल्दै क्रिकेट खेल र नेपाली क्रिकेट टिमबारे गरेको टिप्पणीको सञ्चारमाध्यमले गलत प्रचार गरेको दाबी गरेका हुन् ।

‘मैले बोल्दा बाङ्ग्लादेशमा जारी टी ट्वेन्टी वल्र्डकप क्रिकेटमा राम्रो प्रदर्शन गरेको नेपाली टीमलाई बधाई दिएको थिएँ’, नेकपा-माओवादीको अन्तर्राष्ट्रिय विभागका ईन्चार्ज गजुरेलले विज्ञप्तीमा भनेका छन्, ‘उहाँहरुको अपमान हुने कुनै कुरा बोलेको छैन ।’

शनिबारको एक कार्यक्रममा आफूले बोल्दा राजनीतिक क्षेत्रको विकृतिको चर्चा गर्ने क्रममा बोलेको ‘विकृति’ शब्दलाई नेपालको गौरव बढाएर फर्केको नेपाली टीमलाई सम्मान गर्नु विकृति भन्ने आशयले सञ्चारमाध्यमले प्रचार गरेको गजुरलले दाबी गरेका छन् ।

‘राजनीतिलाई लक्षित गरेर बोलेको शब्दलाई क्रिकेटमा जोडेर कुप्रचार गर्ने प्रयास गलत छ’, गजुरेलले विज्ञप्तीमा भनेका छन्, ‘यो गलत प्रचारबाट नेपाली क्रिकेट खेलाडीहरु र क्रिकेटप्रेमी नेपाली युवाहरुलाई परेको चोटप्रति म अत्यन्त दुःखी छु ।’

यो पनि पढ्नोस

क्रिकेटले नेपालको अनुहार फेरिँदैनः सीपी गजुरेल (भिडियोसहित)

क्रिकेटप्रेमीले सीपी गजुरेलको पुत्ला जलाए

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

 
 

Subscribe To My Website

  • Subscribing allows you to get site updates. Your email address will be kept private.